१३ औं साग : पदक तालिकामा भारतले उछिन्यो नेपाललाई

डिसी नेपाल
१८ मंसिर २०७६ २१:००

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को बुधबार चौथो दिन नेपाललाई पदक तालिकामा भारतले उछिनेको छ। मंगलबारसम्म १५ स्वर्ण जितको भारतले बुधबार थप १९ स्वर्ण जित्दै स्वर्ण पदक संख्या ३२ पुर्याएको छ। शीर्ष स्थान कब्जा गरेको भारतले बुधबार ३४ स्वर्ण, २३ रजत र १३ काश्यसहित ७० पदक जितेको छ। भारत चौथो दिनमा आएर शीर्ष स्थानमा उक्लिएको हो।

दोस्रो स्थानमा रहेको नेपालले बुधबार थप ६ स्वर्ण जितेको छ। नेपालले पहिलो दिन सोमबार १५ स्वर्ण जितेको थियो भने मंगलबार थप ८ स्वर्ण जितेको थियो। यस्तै बुधबार ६ स्वर्ण जित्यो। नेपाल बुधबारका खेल सकिएपछि २९ स्वर्ण, १५ रजत र २५ काश्यसहित ६९ पदकसहित पदक तालिकाको दोस्रो स्थानमा झरेको छ।

यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ काश्यसहित ४५ पदक जितेको छ।
उता चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ काश्यसहित ६९ पदक जितेको छ। यस्तै पाँचौ स्थानको बांगलादेशले ४ स्वर्ण, ७ रजत र २६ काश्यसहित ३७ पदक जितेको छ। छैटो स्थानमा रहेको माल्दिभ्सको १ स्वर्ण र २ काश्यसहित ३ पदक छ। उता अन्तिम सातौं स्थानमा रहेको भुटानले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन। उसले ४ काश्य पदकमात्र जितेको छ।

कराते : अन्तिम दिन पाकिस्तानलाई तीन तथा नेपाललाई एक स्वर्ण

करातेको अन्तिम दिन बुधबार भएको स्पर्धामा पाकिस्तानले चार मध्य तीन स्वर्ण पदक जितेको छ । अन्तिम दिन भएको कुमुतेको पुरुष ५० किलो तौल समुहको फाइनलमा पाकिस्तानका नोमार्नन अहकमदले श्रीलंकाका थाल्पीवाला कान्काानमागेंलाई ६–५ ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा बंगलादेशका मोहम्मद सोबाज मिया र नेपालका सोनाम लामाले काश्य पदक जिते ।

महिलाको ६८ किलो भन्दा माथिको तौल समुहमा पाकिस्तानकी नर्गीसलाई ६–३ ले हराउदै स्वर्ण पदक जितिन् । सो स्पर्धामा बंगलादेशका अबिदब सुल्ताना र श्रीलंकाकी कुल्थुंगा विजयनले काश्य पदक जिते ।

महिला टिम कुमुतेमा पाकिस्तानले बंगलादेशलाई ६–४,३–७,१४–४ ले हराउदै स्वर्ण पदक जित्यो । पाकिस्तानको टोलीमा कुल्सुम,साना,नर्गीस र साब्रा समाबेश थिए । यसैगरी, बंगलादेशको टोलीमा सीफा, प्रीया बोरेना र नाउमा समाबेश थिए । सो स्पर्धामा नेपाल र श्रीलंकाले काश्य जिते । नेपाली टोलीमा सनी तामाङ,एस्टर राइ, रिता कार्की र सुस्मीता तामाङ समावेश थिए । यसैगरी, श्रीलंकाको टोलीमा समनमाली, बन्डारा, अरुणी र अन्जली समाबेश थिए ।

पुरुष टिम कातामा श्रीलंकालाई २–२,९–५,र ५–२ ले हराउदै पाकिस्तानले स्वर्ण पदक जित्यो । पाकिस्तानी टोलीमा सादी अब्बास,नासेर अहमद,रहेमतुल्लाह,सहबाज खान,वाज मोहम्मद,अवाइस मोहम्मद र अवाइस मोहम्मद समाबेश थिए । श्रीलंकाको टोलीमा जयकोशी, धनुस्का, मेन्डीस,सानवेरन,प्रीयबर्षना,बन्डारा र थुरुसिंगे थिए । सो स्पर्धामा नेपाल र बंगलादेशले काश्य पदक जिते । नेपाली टोलीमा मुकुन्द्र मर्हजन,राजकुमार रसाइली,सुसील पौडेल,अर्जुन बागचन,लेखनाथ मैनाली,विनोद शाक्य र दिगम्बर पन्त थिए । यसैगरी बंगलादेशको टोलीमा मोहम्मद अलामिना,मोहम्मद रामजान, मोहम्मद, अफीइरुहमेन, मोहम्मद हफीजुर रहमान, लोकमान हुसेन,हसन खान र मोहम्मद फेन्डुरेइस समाबेश थिए ।

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

तेक्वान्दोको फाइटतर्पm बुधबार नेपालले थप दुई स्वर्ण जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बुधबार सम्पन्न ६ स्वर्णको प्रतिस्पर्धामा नेपालले दुई स्वर्ण हात पारेको हो । नेपालका लागि सक्षम कार्की र संगीता बस्यालले स्वर्ण दिलाए । महिला ६२ केजी तौलसमूह मुनिको फाइनलमा संगीताले भारतकी गगनजोत गिललाई १८–९ ले हराउँदै स्वर्ण जितिन् ।

उक्त तौल समूहमा पाकिस्तानकी जोया सबिर र श्रीलंकाकी नुवान्थी लकमलले कांस्य जितिन् । सक्षमले भने फाइनलमा पाकिस्तानका वकर अलिलाई २७–९ ले हराउँदै स्वर्ण जितेका थिए । यस समूहमा श्रीलंका बालापतियगे र भारतका चैतण्य विजयले कांस्य पदक जित्न सफल भए । त्यस्तै भारतले तीन स्वर्ण र श्रीलंकाले एक स्वर्ण जित्न सफल भयो ।

पुरुष ७४ केजीमुनि भारतका जर्नेल सिंहले स्वर्ण जित्दा पाकिस्तानका जाबरन खानलाई ४१–२६ को हार सामना गर्न बाध्य बनाए । नेपालका निश्चल श्रेष्ठ र श्रीलंकाका दर्साना कुमाराले कांस्य पदक जिते ।

६३ केजीमुनि श्रीलंकाका चलिन्डा सम्पथले स्वर्ण जित्न सफल भए । उनले फाइनलमा भारतका सौरभलाई सडन डेथमार्पmत हराए । यस तौलमा नेपालका ज्ञानेन्द्र हमाल र पाकिस्तानका महमुद खानले कांस्य पदक जिते । महिलातर्पm ७३ केजीमाथि भारतकी रोदाली बरुवाले फाइनलमा नेपालका निसा रावललाई ३२–९ ले स्तब्ध बनाउँदै स्वर्ण जितिन् ।

५३ केजीमुनि भारतकी लतिका भण्डारीले फाइनलमा पाकिस्तानकी आयसा अफसरलाई ४०–१० ले हराउँदै स्वर्ण जितिन् । यस तौलमा नेपालकी अस्मिता खड्का र श्रीलंकाकी दसुना निमेसाले कांस्य जित्न सफल भए ।

करातेका कुल १९ स्पर्धामा नेपालले १० पाकिस्तानले ६ तथा बंगलादेशले तीन स्वर्ण पदक जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *