महिला ह्याण्डबल भारतसँग माल्दिभ्स ४१–९ गोलले स्तब्ध

डिसी नेपाल
१८ मंसिर २०७६ २१:४७

पोखरा । साग खेलकूदअन्तर्गत आज भएको महिला ह्याण्डबल प्रतियोगितामा भारतले माल्दिभ्सलाई ४१–९ को गोल अन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालामा भएको प्रतियोगितामा भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६/६ गोल गरे । भारतका लागि खुस्बु कुमारी, स्वर्णीमा जैसवाल र शालिनी ठाकुरले समान ४/४ गोल गरेका थिए । प्रतियोगितामा ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गर्न सफल भएका थिए ।

माल्दिभ्सकोतर्फबाट ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १/१ गोल गरे ।

पुरुष ह्याण्डबलमा नेपाल पराजित

प्रतियोगिताको पुरुषतर्पmको ह्याण्डबलमा नेपाल पराजित भएको छ । नेपालले खेलेको आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग ३७–३० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १६–१७ भएको अवस्थामा दोस्रो हाफमा श्रीलङ्काले २० गोल गर्न सफल बन्यो । नेपालले दोस्रो हाफमा १४ गोल मात्र सीमित रह्यो ।

खेलको शुरुआती मिनेटमै नेपालका लागि गोल गरेर खाता खोलेका यामबहादुर पुनले टोलीका लागि ३ गोलको योगदान गरेका थिए भने मदन चुनाराले सर्वाधिक ६ गोल गरेका थिए । प्रतियोगितामा सन्दीप कार्कीले ५ गोल र सन्तोष श्रेष्ठ, केशव विष्ट, दिनेश श्रेष्ठ, श्रीबहादुर सिंजालीले समान ३÷३ गोलको योगदान गरे । कप्तान विशाल बस्नेतले २ गोल र किपर विशाल नेपाली र आशिष अधिकारीले समान १÷१ गोलको योगदान गरेका थिए ।

त्यस्तै श्रीलङ्काकोतर्फबाट भने कोस्वाथ्था मुहम्दीराम रालाले टोलीका लागि गोलको खाता खोले । श्रीलङ्काको पल्लावातागे प्रभात माडुसले सर्वाधिक १२ गोल गरेका थिए । दिशानायके मुदियान्सेलागेले समान ७ गोलको योगदान गरे । तिलकरत्ने मुदियान्सेलागेले ५ गोल गरे । विराकोदी हार्सप्रसाद डिले २ गोलको योगदान गर्नुका साथै नवारत्ने मुदियान्सेलागे ए ले १ गोल गरे ।

नेपालका कप्तान विशाल नेपाली ४० मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए । यसअघि, विशाल २ मिनेटका लागि मैदानबाट तीनपटक विश्राम लिएका थिए । नेपालका श्रीप्रसाद सिंजालीले पहेंलो कार्ड पाए ।

श्रीलङ्काको नवारत्ने मुदियान्सलागे एलाई पहेंलो कार्ड पाए । डेमुनी नुवान, कोस्वाथ्था मुहमुदिराम रालाले समान एकपटक दुई मिनेटको विश्राम लिएका थिए ।

पुरुष ह्याण्डबलमा भारतको जित

प्रतियोगताअन्तर्गत आजै भएको अर्को खेल पुरुष ह्याण्डबलमा भारतले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा भारतले बङ्गलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो ।

भारतको जितमा दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नवीन पुनिया र अङ्कितले समान ५–५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको गरे ।टिंकु र रमेश चन्दले ३ गोलको योगदान गरे । ह्याप्पीले २ गोल गरेका थिए ।

त्यसैगरी बङ्गलादेशकोतर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरेका थिए । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल राना सोहेलले समान ४ गोलको योगदान गरे ।

मोहम्मद ताजु हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे । मोहम्मद मासुम अहमद र विपुलु घोषले समान १ गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *