पदक तालिकामा नेपाललाई भारतले उछिन्यो, के-के मा पायो नेपालले स्वर्ण ? (सूची सहित)
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को बुधबार चौथो दिन नेपाललाई पदक तालिकामा भारतले उछिनेको छ। मंगलबारसम्म १५ स्वर्ण जितको भारतले बुधबार थप १९ स्वर्ण जित्दै स्वर्ण पदक संख्या ३२ पुर्याएको छ।
शीर्ष स्थान कब्जा गरेको भारतले बुधबार ३४ स्वर्ण, २३ रजत र १३ काश्यसहित ७० पदक जितेको छ। भारत चौथो दिनमा आएर शीर्ष स्थानमा उक्लिएको हो।
दोस्रो स्थानमा रहेको नेपालले बुधबार थप ६ स्वर्ण जितेको छ। नेपालले पहिलो दिन सोमबार १५ स्वर्ण जितेको थियो भने मंगलबार थप ८ स्वर्ण जितेको थियो। यस्तै बुधबार ६ स्वर्ण जित्यो। नेपाल बुधबारका खेल सकिएपछि २९ स्वर्ण, १५ रजत र २५ काश्यसहित ६९ पदकसहित पदक तालिकाको दोस्रो स्थानमा झरेको छ।
यस्तो छ चौँथो दिनसम्मको पदक तालिका

यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ काश्यसहित ४५ पदक जितेको छ। उता चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ काश्यसहित ६९ पदक जितेको छ।
यस्तै पाँचौ स्थानको बांगलादेशले ४ स्वर्ण, ७ रजत र २६ काश्यसहित ३७ पदक जितेको छ। छैटो स्थानमा रहेको माल्दिभ्सको १ स्वर्ण र २ काश्यसहित ३ पदक छ। उता अन्तिम सातौं स्थानमा रहेको भुटानले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन। उसले ४ काश्य पदकमात्र जितेको छ।
नेपालले पाएका २९ स्वर्ण पदक
१. दिपक हमाल (उशु)
२. अनुपम मगर (कराते)
३. संगीता बस्याल (तेक्वान्दो)
४. राजेश मगर (साइक्लिङ)
५. निश्मा श्रेष्ठ (साइक्लिङ)
६. सक्षम कार्की (तेक्वान्दो)
७. वीरबहादुर महरा
८. सुनिता महर्जन (कराते)
९. नबिन रसाइली (कराते)
९. नबिन रसाइली (कराते)
१०. काजल श्रेष्ठ (तेक्वान्दो)
११. सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
१२. विजय सिंजाली (उसु)
१३. सुस्मिता तामांग (उसु)
१४. हिमाल टमाटा (दुवाथलन)
१५. सिना मादेन लिम्बी (तेक्वान्दो)
१६. कमल श्रेष्ठ (तेक्वान्दो)
१७. सोनीका गुरुङ (यथोलन)
१८. मन्डेकाजि श्रेष्ठ (कराते)
१९. मान्डेकाजि श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामांग (कराते)
२०. लक्ष्मण तामांग (कराते)
२१. निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्ल (कराते)
२२. पार्वती गुरुङ (तेक्वान्दो)
२३. आयशा शाक्य (तेक्वान्दो)
२४. आयशा शाक्य र सन्जिबकुमार ओझा (तेक्वान्दो)
२५. अनु अधिकारी (कराते)
२६. विप्लबलाल श्रेष्ठ (कराते)
२७. कुसुम खड्का (कराते)
२८. निशा दर्नाल, स्वस्तिमा दर्नाल र संजिला तिमिल्सिना (तेक्वान्दो)
२९. निता गुरुङ, प्रशंशा क्षेत्री र सुशिला राई (तेक्वान्दो)
No ads found for this position


डिसी नेपाल
Facebook Comment