चुनावी समीक्षा र भावी रणनीति तय गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

डिसी नेपाल
१९ मंसिर २०७६ ७:३२

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंसिर २६ गते दिउँसो एक बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले चुनावी समीक्षा, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा पदाधिकारी, केन्द्रीइ सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यलाई सहभागी हुन आग्रह गरिएको छ। उपनिर्वाचनपछि कांग्रेसको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ।

यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो।

काँग्रेसले उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *