पारस खड्काको २२ बलमै अर्धशतक

डिसी नेपाल
१९ मंसिर २०७६ ९:३२

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालका पूर्वकप्तान पारस खड्काले आक्रमक अर्धशतक बनाएका छन् । उनले २२ बलमै अर्धशतक पूरा गरे । भुटानविरुद्ध आक्रामक सुरुवात गरेका पारसले २२ बलमा अर्धशतक पूरा गर्दा ९ चौका र १ छक्का प्रहार गरे ।

७ ओभरको खेल सकिँदा नेपालले ८९ रन बनाएको छ । नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का क्रिजमा छन् । ७ ओभरको खेल सकिँदासम्म पारसले ५१ रन बनाइसकेका छन् भने ज्ञानेन्द्रले २८ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *