पारसपछि ज्ञानेन्द्र मल्लले पनि २६ बलमै बनाए अर्धशतक

डिसी नेपाल
१९ मंसिर २०७६ ९:४५

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पनि आक्रामक अर्धशतक बनाएका छन् । पारस खड्काले २२ बलमा अर्धशतक बनाएपछि ज्ञानेन्द्रले पनि २६ बलमै अर्धशतक बनाएका हुन् । पारस खड्का भने २८ बलमा ५७ रन बनाएर आउट भए ।

भुटानविरुद्ध आक्रामक सुरुवात गरेका ज्ञानेन्द्रले २६ बलमा अर्धशतक पूरा गर्दा २ चौका र ५ छक्का प्रहार गरे । १० ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षतिमा १३२ रन बनाएको छ । नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेल क्रिजमा छन् । ज्ञानेन्द्रले ५६ र रोहितले ३ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *