टि–२० अन्तर्राष्ट्रियमा शतक हान्दै कप्तान ज्ञानेन्द्र मल्लले बनाए इतिहास

डिसी नेपाल
१९ मंसिर २०७६ १०:२१

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । यससँगै मल्ल नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो कप्तान र दोस्रो खेलाडी बनेका छन् । मल्लले ५२ बलमा अर्धशतक बनाएका हुन् । ज्ञानेन्द्रले पारस खड्काको रेकर्ड पनि तोडेका छन् । पारसले नेपालका लागि एक इनिङमा सर्वाधिक १०६ नटआउट रन बनाएकोमा ज्ञानेन्द्रले १०७ रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालको कप्तानको हैसियतमा नेपालका लागि पारस खड्काले पहिलो टि–२० अन्तर्राष्ट्रिय शतक बनाएका थिए । पारस नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा शतक हान्ने पहिलो नेपाली खेलाडी र कप्तान बन्दै गर्दा उनले लक्ष्य पिछा गर्ने क्रममा शतक बनाउने एकमात्र कप्तानको विश्वरेकर्डसमेत बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *