सलाह र फिर्मिनो नखेल्दा पनि लिभरपुल लगातार १५ खेलमा अपराजित

डिसी नेपाल
१९ मंसिर २०७६ ११:०१

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायम नै राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा डिभोक ओरिगीले दुई गोल गरे भने साडियो माने, शेरडन शाकिरी र जर्जिनो विजनाल्डमले एक एक गोल गरेका थिए ।

त्यस्तै एभर्टनका लागि माइकल कीन र रिचार्लिशनले एक एक गोल फर्काएका थिए । लिभरपुलका म्यानेजर जोर्गन क्लोपले मोहमद सलाह र रोबेर्टो फिर्मिनोलाई बेन्चमा राखेर शुरु गरेको यस खेलमा जितसँगै प्रिमियर लिगमा आफ्नो सयौ जित दर्ता गरेका छन् ।

यो जितसँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो ८ अंकको स्पष्ट अग्रता कायम राखेको छ । लिभरपुलको १५ खेलमा ४३ अंक छ भने दोस्रो स्थानमा रहेको लेस्टरको १५ खेलमा ३५ अंक रहेको छ । त्यस्तै यो हारपछि एभर्टन भने रेलिगेशन जोनमा पुगेको छ । एभर्टनको १५ खेलमा केवल १४ अंक छ भने तालिकामा १८औ स्थानमा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *