राशफोर्डको दुई गोलमा म्यानचेस्टर युनाइटेडको जीत, छैटौं स्थानमा उक्लियो

डिसी नेपाल
१९ मंसिर २०७६ ११:०९

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा दुवै गोल मार्कोस राशफोर्डले गरेका थिए भने टोटनह्यामका लागि एक गोल डेल अलीले गरेका थिए ।

योसँगै टोटनह्यामको नयाँ म्यानेजर बनेका जोसे मोरिन्होले तेस्रो खेलमा हार बेहोरेका छन् । मोरिन्होले आफ्नो पूर्व क्लबविरुद्ध हार बेहोरेका हुन् । यो जितपछि युनाइटेड १५ खेलमा २१ अंकसहित छैठौ स्थानमा उक्लिएको छ भने टोटनह्यामको १५ खेलमा २० अंक रहेको छ ।
अब आगामी शनिबार युनाइटेडले म्यानचेस्टर डर्बी अन्तर्गत म्यानचेस्टर सिटीको सामना गर्दै छ भने टोटनह्यामले शनिबार नै बर्नलीविरुद्ध खेल्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *