आफ्नै साढुले लिएको ऋण नतिर्दा ५ जनाको परिवार अन्त्य, आमाबाबुले नै सन्तान मार्नुपर्यो

डिसी नेपाल
१९ मंसिर २०७६ १२:०१

काठमाडौं। आफ्नै साढुले सापटी लिएको रकम फिर्ता नदिँदा ५ जनाको एउटा सुखी र खुसी परिवारको अन्त्य भएको छ । यतिसम्मकी परिवारका मातापिताले आफ्नै जवान छोराछोरीका हत्या गर्न बाध्य हुनुपरेको छ । भारतको दिल्ली नजिकै रहेको गाजियाबादको इन्दिरापुरममा मंगलबार घटेको यो डरलाग्दो घटनामा पुलिसले अनुसन्धान गर्दै जाँदा यतो खुलासा भएको आज तकको समाचारमा उल्लेख छ

यहाँ एक व्यवसायीले आफ्ना २ जना सन्तानको हत्या गरेपछि आफू र २ जना श्रीमतीसहित भवनको आठौं तलाबाट हाम्फालेका थिए । गुलशन वासुदेव नामका ती व्यवसायीले वैभव खण्डमा रहेको भवनबाट हाम्फालेका थिए । यो घटनामा पुलि आरोपी राकेश वर्मालाई पक्राउ गरेको छ । राकेश वर्माको परिवारसँग सोधपुछ गर्दा राकेशको बारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको पुलिसले जनाएको छ । राकेश वर्मा मृतक गुलशन वासुदेवका साढु हुन् । राकेशलाई गाजियाबादको मोहन नगरबाट पक्राउ गरिएको हो ।

मृतकहरुले मंगलबार बिहान ५ बजे हाम्फालेर आत्महत्या गरेका थिए । घटनास्थलमा पुगेको पुलिसले उनीहरुको फ्ल्याट खोलेर हेर्दा घटना अझै विभत्स भएको थाहा भएको थियो । फ्ल्याटमा गुलशनका १३ वर्षका छोरा ऋतिक र १७ वर्षकी छोरी रितिका पनि मृत अवस्थामा थिए । गुलशनका छोरा ऋतिक दिल्लीको श्रेष्ठ विहारस्थित डिएभी स्कुलमा ९ कक्षामा पढ्थे । छोरी रितिकाले १२ कक्षा पास गरेपछि फेशन डिजाइनिङ पढ्दै थिइन् । घरमा उनीहरुले एउटा खरायो पनि पालेका थिए । खरायो पनि मृत अवस्थामा थियो ।

घरभित्र केही सुसाइड नोट पनि भेटिएका छन् । सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक अभाव भएको । केही मानिसहरुसँग आफूहरुले ठूलो रकम लिन बाँकी भएको तर उनीहरुले रकम फिर्ता नदिएका कारण पैसाको चरम अभाव भएर आत्महत्या गर्न बाध्य भएको उल्लेख छ । गुलशनका साढु राकेश वर्मालाई नै आत्महत्या गर्न बाध्य पार्ने जिम्मेवार बताइएको छ । आत्महत्या गर्नुअघि परिवारले फ्ल्याटको भित्तामा केही पैसा टाँसेका थिए र उनीहरु सबैको यही पैसाले अन्तिम संस्कार गर्नु भनेर लेखेका थिए ।

राकेश वर्मा र उनको परिवारलाई पुलिसले हिरासतमा लिएर सोधपुछ गर्दा सुरुवाती जाँचमा थाहा भएअनुसार राकेश वर्मासँग गुलशन वासुदेवले करिब २ करोड रुपैयाँ फिर्ता लिनु थियो । गलशनको जिन्सको फ्याक्ट्री थियो र व्यवसायमा घाटा भएको थियो । अहिले उनी आर्थिक अभावसँग जुधिरहेका थिए । यही बेला उनको ठूलो रकम आफन्तसँग नै फसेको थियो । राकेशले दिएको चेक बाउन्स भएका थिए र उनले रकम पाउन सकिरहेका थिएनन् ।

मृतक गुलशनले दिल्लीको झिलमिल कोलोनीमा आफ्नो पैतृक सम्पत्ति बेचेका थिए र यसबाट आएको रकमको ठूलो हिस्सा उनले साढु राकेश वर्मालाई दिएका थिए । यही पैसा फिर्ता माग्नको लागि उनले सोमबार राती राकेश वर्मालाई फोल गरेका थिए तर रकम फिर्ता आउने सम्भावना देखिएन । त्यसपछि उनले रातमै सुतिरहेका दुई सन्तानलाई मारेका थिए । राती तीन बजे एक साथीलाई भिडियो कल गरेर सबथोक सकिएको बताएका थिए । बिहान ५ बजे दुई श्रीमतीसहित आठौं तलाबाट हाम्फाले ।

राकेश वर्मा एक ठेकेदार भएको बताइएको छ । उनको गुलशन वासुदेवँग करिब २ करोडको विवाद चलिरहेको थियो । पैतृक सम्पत्ति बेचेर आएको रकम गुलशनले राकेश वर्मासँग मिलेर लगानी गरेका थिए । आरोपी राकेश वर्माले त्यो रकम फिर्ता दिन आनाकानी गरेपछि गुलशनले राकेश र उनकी आमाविरुद्ध ठगीको मुद्दा हालेका थिए । पुलिसले कारवाही गर्दै साढु राकेश र उनकी आमालाई ठगी मुद्दामा जेल पठाएको थियो । केस चलेर जेल गइसकेपछि रकम फिर्ता हुने सम्भावना लगभग समाप्त भएको थियो । अर्कोतिर गुलशनले दिनुपर्ने दायित्व लगातार बढिरहेको थियो । पुलिसले यही आर्थिक अभावका कारण उनीहरुले ामूहिक आत्महत्या गरेको आशंका गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *