पौडीमा तोडियो राष्ट्रिय कीर्तिमान, एलेक्सले शिरिषको रेकर्ड तोड्दा डुआनाले आफ्नै तोडिन्

डिसी नेपाल
१९ मंसिर २०७६ १४:०९

काठमाडौं । पौडीबाज एलेक्स शाह र डुआना लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । एलेक्सले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २०० मिटर फ्रि स्टाइल पुरुषमा शिरिष गुरुङको कीर्तिमान तोडेका हुन् । उनले निर्धारित दूरी २ मिनेट २ दशमलव ३० सेकेण्डमा पुरा गरे । यसअघि शिरिषले १२औं फिना वल्र्डकप २०१४ मा २ मिनेट ६ दशमलव ३५ सेकेण्डको रेकर्ड राखेका थिए ।

यस्तै बिहीबार नै २०० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी २ मिनेट ४८ दशमलव ५७ सेकेण्डमा पुरा गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५ दशमलव ०९ सेकेण्डको रेकर्ड उनकै नाममा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *