साबित्रा भण्डारीले माल्दिभ्सविरुद्ध गोल गर्दै नयाँ राष्ट्रिय किर्तिमान बनाइन्

डिसी नेपाल
१९ मंसिर २०७६ १४:३६

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । उनले राष्ट्रिय टिमकी पूर्व स्ट्राइकर अनु लामाको रेकर्ड तोडेकी हुन् । साबित्राले अन्तर्राष्ट्रिय खेलमा नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी हुन् ।

१३ औं साग अन्तर्गत पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले कीर्तिमान बनाएकी हुन् । माल्दिभ्सविरुद्धको गोलसँगै सावित्राले नेपालको लागि ३६ गोल पूरा गरिन् । सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *