माल्दिभ्सको नाममा लेखियो क्रिकेट इतिहासकै सबैभन्दा लाजमर्दो रेकर्ड

डिसी नेपाल
१९ मंसिर २०७६ १५:०७

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा माल्दिभ्सको नाममा क्रिकेट इतिहासमै सबैभन्दा लाजमर्दो रेकर्ड कायम भएको छ । महिला टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट भएको रेकर्ड माल्दिभ्को नाममा दर्ता भएको हो ।

आज भएको बंगलादेशविरुद्धको खेलमा माल्दिभ्स ६ रनमै अलआउट भएको छ । आजको खेलमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ । शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । उसका निगर सुल्तानाले अविजित ११३ र फार्गाना होकले अविजित ११० रन बनाइन् ।

जवाफमा मैदान उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो । यससँगै माल्दिभ्सले टी–२० महिला क्रिकेटको खराब रेकर्डसँग बराबरी गरेको छ । १८ वजवरी २०१९ मा रुवाण्डाविरुद्ध भएको खेलमा मालीले ६ रनको न्यून स्कोर बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *