क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

डिसी नेपाल
१९ मंसिर २०७६ १५:१४

काठमाडाैं। नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ। काठमाडाैंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन्।

उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेकी हुन्। मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गरिन्।

साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ। बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए। त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन्।

उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गरिन्। भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारिन्। उनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन्। यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *