महिला फुटबलः सावित्राको ह्याट्रिकसँगै नेपाल फाईनलमा प्रवेश, स्वर्णका लागि भारतसँग भिड्ने

डिसी नेपाल
१९ मंसिर २०७६ १६:४८

पोखरा । १३ औं सागअन्तर्गत पोखरामा जारी महिला फुटबलमा नेपाल फाईनलमा प्रवेश गरेको छ। सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो।

अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारत नै भिड्नेछन् । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् । खेलको इन्जुरी टाइममा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै हृयाट्रिक पुरा गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *