साइक्लिङमा बुद्धिबहादुर तामाङलाई स्वर्ण

डिसी नेपाल
१९ मंसिर २०७६ १७:२४

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् ।

काठमाडौँको गोकर्णमा बिहिबार भएको खेलमा बुद्धिबहादुरले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जितेका हुन् । उनले एक मिनेट १९.०८ सेकेण्डमा निर्धारितत दूरी पूरा गरे । सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *