पौडीमा गौरिकाले दिलाइन् नेपाललाई ऐतिहासिक स्वर्ण

डिसी नेपाल
१९ मंसिर २०७६ १७:२३

ठमाडौं । नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पहिलो पटक पौडीको व्यक्तिगत इभेन्टमा स्वर्ण जितेको छ। गौरिका सिंहले ऐतिहासिकरुपमा बिहीबार २ सय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पछि पार्दै स्वर्ण जितिन्।

ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन्। गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ।

आठौ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए।

महिला २ सय मिटर फ्रिस्टाईलमा भारतले रजत र बंगलादेशले कास्य जितेको छ ।

महिलाको २०० ब्रेस्टस्ट्रोकमा नेपालकी डुवना लामाले रजत जितेकी छिन्। यस स्पर्धामा भारतले स्वर्ण जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *