कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिना र चिली भिड्ने

डिसी नेपाल
१९ मंसिर २०७६ १८:२५

एजेन्सी । सन् २०२० मा आयोजना हुने कोपा अमेरिका फुटबलको समूह विभाजन भएको छ । कोपा अमेरिकाले सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’मा अर्जेन्टिना, अष्ट्रेलिया, बोलाभिया, चिली, उरुग्वे र पराग्वे रहेका छन् । समूह बी मा साविक विजेता ब्राजिल, कोलम्बिया, कतार, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।

दुई समूहको शीर्ष चार टिमले क्वाटरफाइनलमा स्थान बनाउने छन् । यस संस्करणमा एसियाबाट कतार र अष्ट्रेलियाले आमन्त्रित टिमको रुपमा सहभागिता जनाउने छन् । कोपाको उद्घाटन खेलमा अर्जेन्टिना र चिलीले प्रतिस्पर्धा गर्नेछन् । खेल जुन १२ मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *