साग ह्याण्डबलमा नेपाल सेमिफाइनलमा

डिसी नेपाल
१९ मंसिर २०७६ २०:३०

कास्की । तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी महिला ह्याण्डबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ए मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको आजको दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २६–२४ ले गोल गर्दै जीत हात पा¥यो । नेपालका लागि उमा राईले सर्वाधिक आठ गोलको योगदान दिईन् । तीमध्ये उनले सात गोल पेनाल्टीबाट गरेकी हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई २९–१९ ले जीत हात पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *