प्रिमियर लिगमा आर्सनलमाथि ब्राइटनको शानदार जित

डिसी नेपाल
२० मंसिर २०७६ ८:१६

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनल फेरी पराजित भएको छ । लगातार खराब फर्मबाट गुज्रिरहेको आर्सनल गएराती सम्पन्न खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो । गतसाता मात्र आफ्ना प्रमुख कोचलाई हटाएको आर्सनलले पछिल्ला ९ खेलमा जित हासिल गर्न सकेको छैन ।

ब्राइटनले खेलको ३६औ मिनेटमा एडम वेबस्टरको गोलमा अग्रता लिएकोमा आर्सनलका अलेक्जेण्डर लकाजाटेले खेलको ५०औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि ब्राइटनक नियल माउपेले खेलको ८०औ मिनेटमा गोल गर्दै आर्सनललाई स्तब्ध बनाएका थिए ।

यो खेलपछि आर्सनलको १५ खेलमा १९ अंक भएको छ भने लिगको १०औ स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको भने १५ खेलमा १८ अंक भएको छ भने लिगको १३औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *