नेपाललाई टेष्ट राष्ट्रलाई हराउने अवसर, कसिलो बलिङपछि श्रीलंका ११८ रनमै रोकियो

डिसी नेपाल
२० मंसिर २०७६ १२:३८

काठमाडौं। दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपालले कसिलो बलिङ गर्दै श्रीलंकालाई २० ओभरको खेलमा ११८ रनमै रोकेको छ । अब नेपालले खेल जित्न २० ओभरमा ११९ रन बनाउनुपर्नेछ । यो नेपालको लागि टेस्ट राष्ट्रलाई हराउने सुनौलो अवसर हो । महिला क्रिकेटमा आजको यो खेल जितेमा नेपाल पर्सी हुने फाइनलमा बंगलादेशसँग खेल्न पाउनेछ र नेपालले कम्तीमा पनि रजत पदक जित्नेछ । आजको खेल हारेमा भने नेपाल भोलि माल्दिभ्ससँग कास्य पदकका लागि खेल्नेछ ।

आजको खेलमा श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनाएको हो । श्रीलंकाका लागि लिहीनी अप्सराले सर्वाधिक ३७ रन बनाइन् । जनादी अनालीले ३५, सत्या सन्दिपनीले २२ र कप्तान हर्षिता माधवीले १६ रन बनाए । नेपालका लागि सरस्वती कुमारी र सोनु खड्काले २–२ तथा अञ्जली चन्दले १ विकेट लिए । २ जना रनआउट भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *