सात गाउँ जात्रा आजदेखि सुरु, २३ तस्वीरमा हेर्नुहोस् यसरी गरियो शुभारम्भ

डिसी नेपाल
२० मंसिर २०७६ १३:५२

काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने उपत्यकाको सात गाउँ जात्रा आजदेखि सिरु भएको छ । यो जात्रामा विभिन्न देवदेवीको पूजासहित जात्रा मनाइन्छ । उक्त जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुरका स्थानीयवासी सहभागी भई विधिपूर्वक पूजा र जात्रा गरिन्छ ।

आजदेखि शुरु भएको जात्रा एक सातासम्म चल्नेछ । प्रत्येक वर्ष एकपटक सात गाउँभित्र बसोबास गर्ने नेवार समुदायमा ठूलो पर्वका रुपमा जात्रालाई लिइएको छ । अष्टमातृका देवगणको खटजात्रा गरी मनाइने यो जात्रामा विभिन्न किसमिका बाजा, झाँकीसहितको जात्रा गर्ने परम्परा छ । स्थानीयका अनुसार त्यस क्षेत्रका स्थानीयवासीलाई दैत्य शक्तिबाट संरक्षण गर्नका लागि उक्त जात्रा शुरु भएको जनविश्वास रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *