नेपाली महिला क्रिकेट टोली फाइनल पुग्न सकेन, श्रीलंकासँग पराजित

डिसी नेपाल
२० मंसिर २०७६ १४:३६

काठमाडौं । दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाली टोली आज श्रीलंकासँग पराजित भएको छ। लगातार दोस्रो हारसँगै नेपाल स्वर्ण जित्ने सम्भावना सकिएको छ।

पोखरामा सम्पन्न खेलमा श्रीलंकाले सुरुवाती ब्याटिङ गर्दै नेपाललाई २० ‌ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रनको चुनौती प्रस्तुत गरेको थियो। श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रनकको योगदान दिएकी थिइन्। त्यस्तै आज अन्हलीले ३५ रन बनाउँदा पट्टिडुरा सान्दिपनीले २२ रनको योगदान दिइन्।

श्रीलंकाको विकेट लिन सरस्वती कुमारी र सोनु खड्काले समान २/२ विकेट लिए। त्यस्तै अन्जली चन्दले १ विकेट लिइन्। जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनाउन सक्यो। यससँगै नेपाल ४१ रनले पराजित हुन पुग्यो।

नेपालका लागि कप्तान रुविना क्षत्रीले सर्वाधिक १९ रन बनाइन्। त्यस्तै कविता कुँवरले अभिजित १३ रन, करुणा भन्डारीले अभिजित १२ रन तथा अप्सरी बेगमले ११ रन बनाइन्।

दोस्रो हारसँगै नेपाल स्वर्णको होडबाट बाहिरिएको छ। नेपालले कास्यका लागि फेरि माल्दिभ्ससँग खेल्नेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेश भिड्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *