करण केसीको उत्कृष्ट ब्याटिङ, माल्दिभ्सलाई १६४ रनको चुनौती

डिसी नेपाल
२० मंसिर २०७६ १४:४६

काठमाडौं। तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा माल्दिभ्स विरुद्ध अलराउण्डर करण केसीले बिस्फोटक ब्याटिङ गरेका छन् । सातौं नम्बरमा ब्याटिङ गर्न आएका करणले १६ बलमै ४० रन प्रहार गरे । उनले चार छक्का र दुई चौकाको मद्दतमा ४० रन बनाए ।

अघिल्लो क्रमका ब्याट्सम्यान खासै नचल्दा करणले सर्वाधिक स्कोर बनाउँदै माल्दिभ्स विरुद्ध नेपालले १६३ रन बनायो । टस जितेर ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ३९, कप्तान ज्ञानेन्द्र मल्ल १९, विकेट किपर विनोद भण्डारी १९ र पूर्व कप्तान पारस खड्काले ११ रन जोडे । आरिफ सेखले १७ रन बनाए भने पवन सर्राफले खाता खोल्न सकेनन् । सुशन भारी एक रनमा अविजित रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *