सागः माल्दिभ्समाथि नेपालको ८४ रनको जीत

डिसी नेपाल
२० मंसिर २०७६ १६:०८

काठमाडौं। तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा माल्दिभ्स विरुद्ध नेपालले ८४ रनको जीत निकालेको छ । नेपालले दिएको १६४ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्र बनाउन सकेको हो ।

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अलराउण्डर करण केसीको विष्फोटक ब्याटिङको मद्दतमा १६३ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ३९, कप्तान ज्ञानेन्द्र मल्ल १९, विकेट किपर विनोद भण्डारी १९ र पूर्व कप्तान पारस खड्काले ११ रन जोडे । आरिफ सेखले १७ रन बनाए भने पवन सर्राफले खाता खोल्न सकेनन् । सुशन भारी एक रनमा अविजित रहे ।

माल्दिभ्सका लागि मोहम्मद आजमले १७, मोहम्मद रिसवानले १३, इब्राहिम हसनले १२, अली इभानले ११ रन बनाए । नेपालका लागि सुसन भारी र ललित राजवंशीले २–२२ तथा सुसन भारीले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *