निरन्तर खराब प्रदर्शनपछि एभर्टनका प्रशिक्षक बर्खास्त

डिसी नेपाल
२० मंसिर २०७६ १७:२०

एजेन्सी । एभर्टनले मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको छ । निरन्तरको खराब नतिजालाई कारण देखाउँदै क्लबले १८ महिनापछि प्रशिक्षक सिल्भालाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगको पछिल्ले खेलमा एभर्टन शीर्ष स्थानको लिभरपुलसंग ५–२ ले पराजित बनेको थियो । नतिजासंगै क्लब रेलिगेशन जोनमा परेको छ । एभर्टनले नयाँ सिजन ९ खेलमा हार ब्यहोरेको छ ।

तालिकाको १८ औ स्थानमा रहेको एभर्टनले पछिल्ला तीन खेल गुमाएको छ । उनी सन् २०१८ मा क्लब सम्हाल्न आईपुगेका थिए । उनले करिब ६० खेलमा २४ मा जित र २४ मा हारको नतिजा निकाले ।

पुर्व फरवार्ड डंकन फग्र्युसनले अस्थायी रुपमा क्लबको नेतृत्व गर्नेछन् । क्लब शनिबार चेल्सीविरुद्द मैदान उत्रदै छ । क्लबले जति सक्दो चाँडो प्रशिक्षक नियुक्त गर्ने बताएको छ । सन् २०१६ मा रोबर्टो मार्टिनेजलाई बर्खास्त गरेपछि क्लब चौथो स्थायी प्रशिक्षकको खोजीमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *