गौरिकाले जितिन् पौडीमा अर्को स्वर्ण
फाइल
काठमाडौं। नेपालकी नम्बर वन पौडीवाज गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा अर्को स्वर्ण जितेकी छन्। शुक्रबार भएको २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन्।
गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन् ।
यसअघि बिहीबार सातदोबाटोमा भएको प्रतियोगितामा उनले २०० मिटर फ्री स्टायलमा नेपालका लागि स्वर्ण जितेकी थिईन्। गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।
यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् । श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् । गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment