शनिबार उपत्यकाका यी रुटमा सवारी साधान चलाउन नपाइने
फाइल फाेटाे।
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) काठमाडौंमा जारी छ। शनिबार प्रतियोगिताको सातौं दिन एथ्लेटिक्सको म्याराथन खेल हुँदैछ।
म्याराथन शनिबार बिहान ७ बजे शुरु हुने साग आयोजक समितिले जनाएको छ।
म्याराथनका कारण राजधानी काठमाडौं उपत्याकाका विभिन्न रुटहरुमा सवारी साधान चल्ने छैनन्। महानगरीय ट्राफिक प्रहरीले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी साधान नचल्ने रुट सार्वजनिक गरेको छ।
ट्राफिकका अनुशार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको म्याराथन टेकु, कालिमाटी, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक, हुँदै फेरि सल्लाघारी, कोटेश्वर, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबार उत्तर ढोका, नागपोखरी, जयनेपाल, संग्राहालय दक्षिण गेट, घण्टाघर, भद्रकाली, नागस्थान र दशरथ रंगशालामा सञ्चालन हुनेछ।

प्रहरीले यो म्याराथन हुने रुटमा सवारी साधान नचालउन अनुरोध गरेको छ। अत्यावश्यक सवारी साधान भने चलाउन पाइनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment