पीएसल ड्राफ्टमा सन्दीपसहित कुनै पनि नेपाली खेलाडी बिक्री भएनन्
काठमाडौं । नयाँ संस्करणको पाकिस्तान सुपर लिगमा दर्ता भएका कुनै पनि नेपाली खेलाडीहरु ब्रिकी भएका छैनन्। शुक्रबार भएको पीएसएलको ड्राफ्टमा सन्दीपसहित कुनै पनि नेपाली खेलाडी बिकेनन्।
पाकिस्तान सुपर लिगमा नेपालका सन्दीप सहित आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, रोहित पौडेल, शरद भेषावकर र सोमपाल कामी ड्राफ्टमा परेको थिए। तर कुनै पनि खेलाडी बिक्री हुन् सकेनन्।
नयाँ सिजनमा सन्दीपले प्लाटिनम श्रेणीमा नाम दर्ता गराए थिए भने अन्य सबै खेलाडी सिल्भर श्रेणीमा रहेका थिए। दुई बर्ष अघि इण्डियन प्रिमिएर लिग (आईपिएल) मा दिल्लीबाट विदेशी फ्रेन्चाइज लिग खेल्न शुरु गरेका सन्दिप कुनै पनि लिगमा नबिकेको यो पहिलो पटक हो ।
गत संस्करणको पिएसएलमा लाहोर कलन्दर्सबाट खेलेका सन्दिपले सात खेलमा ११ विकेट निकालेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment