नेपाल भर्सेस बांगलादेश खेल जारी, पहिला बलिं गर्दै नेपाल
काठमाडौ। १३ औं साग अन्तर्गत नेपाल र बांगलादेश यू २३ बीको टि ट्वान्टी क्रिकेट शुरु भएको छ। टी यू मैदानमा नेपालले पहिला टस जितेर पहिला बलिंग रोजेको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लले बांगलादेशलाई पहिला ब्याटिंग गर्न निम्तो दिएका छन्।
जारी सागमा नेपालले एक जित र एक हार व्यहोरेको छ। माल्दिभ्सलाई पराजित गरेको नेपालले जारी प्रतियोगितामा श्रीलंका यू २३ सँग हार व्यहोरेको थियो।
आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। यो खेल जिते नेपालको फाइनल पुग्ने सम्भावना रहनेछ। यो खेल गुमाए नेपालको फाइनल पुग्ने सम्भावा लगभग समाप्त हुनेछ।
शनिबार भएकाले पनि आज टीयू मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment