नेपाल भर्सेस बङ्गलादेश : नेपाललाई १५६ रनको लक्ष्य

डिसी नेपाल
२१ मंसिर २०७६ ११:१६

काठमाडौ। १३ औं साग अन्तर्गत नेपाल र बङ्गलादेश यू-२३ बीचको टि ट्वान्टी क्रिकेटमा नेपालले रनको मध्यम लक्ष्य पाएको छ। बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो। उसका लागि कप्तान नजुमल हुसेन सान्तोले सर्वाधिक रन बनाए।

१० ओभरको खेल सकिँदासम्म खेलमा नेपाल हावी देखिएको थियो। तर, बांगलादेशी कप्तान सान्तोले धैर्यपूर्ण ब्याटिंग गरेपछि नेपाल सामू चुनौतीपूर्ण लक्ष्य दिएको हो। कप्तान हुसेनले ७३ रन बनाए।

अर्का ब्याट्सम्यान अफिफ हुसेनले आक्रामक अर्धशतक बनाए। उनले २६ बलमा अर्धशसतक पूरा गरेका थिए । उनी ५२ रन बनाएर दिपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए। टी यू मैदानमा नेपालले टस जितेर पहिला बलिंगको निर्णय गरेपछि बांगलादेशले पहिला ब्याटिं गरेको थियो।

नेपालका लागि पूर्व कप्तान पारस खड्काले आफ्नो ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए। त्यस्तै अभिनाष बोहोराले एक विकेट लिए। ऐरीले २ विकेट लिए।

जारी सागमा नेपालले एक जित र एक हार व्यहोरेको छ। माल्दिभ्सलाई पराजित गरेको नेपालले जारी प्रतियोगितामा श्रीलंका यू-२३ सँग हार व्यहोरेको थियो।

आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। यो खेल जिते नेपालको फाइनल पुग्ने सम्भावना रहनेछ। यो खेल गुमाए नेपालको फाइनल पुग्ने सम्भावा लगभग समाप्त हुनेछ।

शनिबार भएकाले पनि आज टीयू मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *