महिला क्रिकेटमा नेपाललाई कास्य पदक

डिसी नेपाल
२१ मंसिर २०७६ १२:०३

काठमाडौं। दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले महिला क्रिकेटमा कास्य पदक जितेको छ । आज पोखरामा भएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपालले कास्य पदक जितेको हो । माल्दिभ्लाई नेपालले १० विकेटले पराजित गरेको हो ।

माल्दिभ्सले दिएको ९ रनको लक्ष्य नेपालले सहजै हासिल गर्यो । १ ओभर १ बलमा हासिल गरेको हो । नेपालका लागि रोमा थापाले ५ र काजल श्रेष्ठले २ रन बनाए । यो खेलमा नेपालले माल्दिभ्सका ९ जना खेलाडीलाई शुन्य रनमै आउट गरेर विश्वरेकर्ड बनाएको थियो ।

आजको खेलमा माल्दिभ्सकी ओपनर आइमा आइशाथले मात्र १ रन बनाइन् । अन्य सबै खेलाडी शुन्य रनको स्कोरमा आउट हुँदै टिमको स्कोर ८ रन हुँदा अलआउट भएका थिए । नेपालका लागि अञ्जली चन्दले ४, सिता रानामगर र रुबिना क्षेत्रीले २–२ तथा सुमन खतिवडा र करुणा भण्डारीले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *