वेस्टइन्डिजमाथि भारतको कीर्तिमानी जित

डिसी नेपाल
२१ मंसिर २०७६ १२:४५

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित हासिल गरेको हो । वेस्टइन्डिजले दिएको २०८ रनको लक्ष्य पछाएको भारतले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतले आफ्नो टी-२० क्रिकेटको इतिहासमा यस अघि अहिलेसम्मकै उच्च रन चेज गरेर कीर्तिमानी जित हासिल गरेको हो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक अविजित ९४ रन बनाएका थिए । कोहलीले ५० बलमा ६ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै केएल राहुलले पनि उत्कृष्ट ब्याटिंग गर्दै ४० बलमा ६२ रन बनाएर आउट भएका थिए । त्यस्तै रिषव पन्तले ९ बलमा १८ रन बनाएका थिए भने रोजित शर्माले ८ र श्रेयस अय्यरले ४ रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर शेल्डन कोट्रेल र केरन पोलार्डले एक एक तथा खरी पिएरले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउदै २०७ रन बनाएको थियो । वेस्टइन्डिजको लागि शेमरन हेटमेयरले सर्वाधिक ५६ रन बनाए भने एविन लुइसले ४० रन बनाएका थिए । त्यस्तै कप्तान केरन पोलार्डले ३७, ब्रेण्डम किंगले ३१, जासन होल्डरले २४ तथा दिनेस रामदिनले ११ रन बनाएका थिए ।

भारतीय बलर युजवेंद्र चहलले २ विकेट लिए भने दिपक चहर, वाशिंगटन सुनाद्र र रविन्द्र जडेजाले एक एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच भारतीय कप्तान विराट कोहली बनेका थिए । यो जितसंगै तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *