डिसेम्बरमा सामूहिक बलात्कार, मार्चमा मात्र उजुरी दर्ता, अर्को डिसेम्बरमा जिउँदै जलाइयो
नयाँ दिल्ली। हैदराबाद सामूहिक बलात्कारपछि हत्याको घटना भएको केही दिनमै उत्तर प्रदेशको उन्नाव जिल्लामा सामूहिक बलात्कारकी पीडितलाई जिउँदै जलाइैको जघन्य अपराधको घटना भयो । पीडितले ष्एराती दिल्लीको अस्पतालमा प्राण त्यागिन् । पीडितलाई पेट्रोल खन्याएर जिउँदै जलाइएको थियो । जलाउनेहरु उनलाई सामूहिक बलात्कार गर्नेहरु नै थिए जो जेलबाट छुटेर आएका थिए ।
पुलिसमा दर्ता गरिएको उजुरी अनुसार पीडित युवतीलाई गत वर्ष डिसेम्बरमा सामूहिक बलात्कार गरिएको थियो । डिसेम्बरमै सामूहिक बलात्कार भएको भए पनि यसको उजुरी भने गएको मार्चमा मात्र दर्ता गरिएको थियो । यही मुद्दाको सुनुवाइका लागि अदालत जाँदै गरेकी युवतीलाई बाटोमै आगो लगाएर हत्या गरिएको थियो । बाटोमा युवतीलाई सामूहिक बलात्कारका ५ आरोपीले समातेर कुटपिट गरे, चक्कु प्रहार गरे र आगो लगाइदिए ।
पीडित युवतीले ९० प्रतिशत जलिसकेपछि पनि आफैं एक किलोमिटर परसम्म गएर पुलिसलाई फोन गरेकी थिइन् । उनले पुलिसलाई फोनमै आफूसँग भएको पूरै घटना बताएकी थिइन् । पीडितले फोन गरेपछि मात्र पुलिस र एम्बुलेन्स पुगेको थियो । घटनाका प्रत्यक्षदर्शी स्थानीयका अनुसार ९० प्रतिशत जलिसकेपछि पनि पीडित १ किलोमिटरसम्म पैदल हिँडेर पुलिसलाई फोन गरेकी थिइन् ।
पुलिसले उनलाई नजिकको अस्पतालमा भर्ना गरेको थियो । त्यहाँबाट लखनउको अस्पतालमा रेफर गरियो । पीडितले अस्पतालमै बयान पनि दिएकी थिइन् । मजिस्ट्रेटलाई दिएको आफ्नो बयानमा पीडितले पाँचैजना आरोपीको नाम बताउकी छिन् । उनका अनुसार पाँचैजना आरोपीले मिलेर पहिले उनलाई चक्कु प्रहार गरे त्यसपछि आगो लगाए । पुलिसले सबै ५ जना आरोपीलाई पक्राउ गरेको छ । ५ जनामध्ये एक भर्खरै जेलबाट छुटेर आएका हुन् । बलात्कारका २ जना आरोपीले आफ्ना अन्य ३ जना साथीहरुसँग मिलेर उनलाई जलाएका थिए ।
मार्च २०१९ मा युवतीले उन्नावको बिहार थानामा जो उजुरी दर्ता गराएकी थिइन् त्यमा उल्लेख भए अनुसार युवती र आरोपी एउटै गाउँका हुन् । आरोपीले युवतीलाई बिहेको प्रलोभन दिएर रायबरेलीमा बलात्कार गरेका थिए । उनले यसको भिडियो पनि बनाएका थिए । त्यसपछि धम्की दिएर युवतीलाई कैयौं पटक बलात्कार गरियो । आरोपीले उनलाई फेरि रायबरेली लिएर गए । युवतीले उजुरीमा बताएअनुसार आरोपी उनलाई कोठाबाट बाहिर निस्कन दिँदैनथे । बाहिर निस्केमा मारिदिने धम्की दिन्थे । युवतीले विवाहको लागि दबाब दिएपछि आरोपीले उनलाई गाउँमा लगेर छाडिदिएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment