इन्टर मिलान र रोमा बराबरीमा रोकिए

डिसी नेपाल
२१ मंसिर २०७६ १४:२३

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलान र रोमा बराबरीमा रोकिएका छन् ।गएराती सम्पन्न खेलमा इन्टर र रोमा बिना कुनै गोल बराबरीमा रोकिएका हुन् । यो बराबरीपछि इन्टरको सिरी एमा अग्रता कायम रहे पनि अब युभेन्टसले उछिन्ने अवसर पाएको छ ।

इन्टरको १५ खेलमा ३८ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टस १४ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रोमा को १५ खेलमा २९ अंक छ भने लिगमा चौथो स्थानमा रहेको छ । युभेन्टसले अब आज राति लाजियोसँग खेल्दै छ । यस खेलमा जितेमा युभेन्टस फेरी शिर्ष स्थानमा पुग्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *