नेपाल साग फुटबलको फाइनल नजिक, माल्दिभ्स २-१ ले पराजित

डिसी नेपाल
२१ मंसिर २०७६ १५:४५

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे ।

पहिलो हाफमा बराबरीमा रहेको अवस्थामा नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै १ गोल थपेको हो । खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेर नेपालको जित सुनिश्चित गरेका हुन् ।

यो जितले नेपाल ३ खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । त्यो खेलमा नेपाल बराबरीमा रोकिए पनि फाइनलमा पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *