मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको एभर्टनको शानदार जित, चेल्सी पराजित

डिसी नेपाल
२१ मंसिर २०७६ २०:४१

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी एभर्टनसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

गुडिसन पार्कमा खेलको पाँचौ मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । ४९ औं मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई २–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा माटियो कोभासिसले गोल गर्दै चेल्सीलाई २–१ को स्थितिमा ल्याए । तर,खेलको ८४ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ३–१ को जित दिलाए ।

मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेपछि एभर्टनले पहिलो खेलमै जित निकालेको हो । एभर्टन डंकन फग्र्युसनको नेतृत्वमा रहेको छ । जितसँगै एभर्टनले १६ खेलमा १७ अंक जोडेको छ । एभर्टन १४ औं स्थानमा रहेको छ । १६ खेलमा २९ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *