रियल पुनः ला लिगाको शिर्ष स्थानमा

डिसी नेपाल
२१ मंसिर २०७६ २१:००

एजेन्सी । स्पेनीस ला लिगामा रियल मड्रिड ईस्पान्योललाई दुई शुन्यले हराउँदै शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा दश खेलाडीमा झरेको रियलको जितमा करिम बेन्जिमा र भारानेले एक एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा भारानेको गोलमा रियलले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ७९ औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक उसका लागि बेन्जिमाले गोल गरे ।

तर ८३ औं मिनेटमा रियलका मेन्डी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीन बाध्य भए । तर त्यसको फाइलमा ईस्पान्योलले उठाउन सकेन र पराजित भयो ।

जितसँगै रियलले १५ खेलमा ३४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ । उसले राती मर्लोकासँग खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *