बास्केटबलमा नेपालको मिश्रित प्रदर्शन

डिसी नेपाल
२१ मंसिर २०७६ २१:१७

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलको पुरुषमा नेपालले शनिबार मिश्रित प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको थ्री बाइ थ्रीको पहिलो दिन बंगलादेशलाई २१–९ ले पराजित गरेको नेपाल श्रीलंकासँग १८–१४ ले हा¥यो ।

पुरुषकै अन्य खेलमा भारतले दोहोरो जित निकाल्यो । भारतले श्रीलंकालाई २१–१३ तथा बंगलादेशलाई २१–११ ले पाखा लगायो । महिलामा भारतले श्रीलंकामाथि १८–१० को जित निकाल्यो ।

राखेपको कभर्डहलमा भएको बास्केटबलकै फुल कोर्टतर्फ पुरुषमा भारत समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । भारतले श्रीलंकालाई १२५–५० ले पन्छायो ।

महिलामा भारत र भुटानले सफलता हात पारे । भारतले श्रीलंकालाई १३६–५० तथा भुटानले बंगलादेशलाई ७८–१९ ले पन्छाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *