प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायम

डिसी नेपाल
२१ मंसिर २०७६ २२:५४

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ ।

बर्नमाउथको मैदानमा लिभरपुलले ३५ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि चेम्बरलिनको हेन्डरसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मोहम्मद सलाहको पासमा नेवि केइटाले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । ५४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० ले अगाडि बढाए । त्यसपछि थप गोल नभएपछि लिभरपुल ३–० ले विजयीहुँदै अपराजित यात्रा कायमै राख्न सफल भयो ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ३५ अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *