जिउँदै जलाइएकी बलात्कारपीडितको परिवारले लियो अन्तिम संस्कार नगर्ने अडान
नयाँ दिल्ली। भारतको उत्तर प्रदेशको उन्नाव जिल्लामा जिउँदै पेट्रोल खन्याएर जलाइ मारिएकी बलात्कारपीडित युवतीको परिवारले प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नआउँदासम्म उनको अन्तिम संस्कार नगर्ने अडान लिएको छ । योगी रकारले उनको परिवारलाई क्षतिपूर्तिस्वरुप २५ लाख रुपैयाँ दिने घोषणा गरे पनि उनीहरुले मुख्यमन्त्रीसँग भेट्ने अडान लिएका हुन् । उनहिरुले मुख्यमन्त्री नआउँदासम्म शवको अन्तिम संस्कार नगर्ने बताएका छन् ।
शव शनिबार उन्नाव पुगेको थियो । परिवारले उनको शवलाई नजलाइ गाड्ने भएका छन् । आज आइतबार बिहान १० बजे अन्तिम संस्कार गरिने भनिएकोमा अब परिवारले मुख्यमन्त्री योगी आफूहरुसँग भेट्न नआउँदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका हुन् । योगी सरकारले परिवारलाई २५ लाख क्षतिपूर्तिसँगै प्रधानमन्त्री आवास योजना अन्तर्गत एक घर र मुद्दाको सुनुवाइ फास्ट ट्रयाक कोर्टमा गर्ने आश्वासन दिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment