महिला क्रिकेटमा बांगलादेशलाई स्वर्ण पदक, श्रीलंका २ रनले पराजित

डिसी नेपाल
२२ मंसिर २०७६ १५:४२

पोखरा । बांगलादेशले महिला क्रिकेटमा १३ औं दक्षिण एसियाली खेलकुदमा आइतबार स्वर्ण पदक जितेको छ।

आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो। पराजित भएपछि श्रीलंका रजतमा चित्त बुझाउन बाध्य भयो। यो स्पर्धामा नेपाले काश्य पदक जितेको थियो।

पोखरा रंगशालामा बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाकी कप्तान हर्सिता माधवीले ३२ रन जोड्दा लिहिनी अप्सराले २५ रन जोडिन । बंगलादेशकी नहिदा अख्तरले २ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

बंगलादेशका लागि निगर सुल्तानाले २९ रन जोड्दा सन्जिदा इस्लाम र फाहिम खातुनले समान १५र१५ रन जोडिन । श्रीलंकाकी उमिषा थिमासिनीले ४ विकेट लिईन् ।

नेपालले भने कास्य पदक जितेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *