बांगलादेशमाथि रोमाञ्चक जितसँगै नेपाल फाइनलमा

डिसी नेपाल
२२ मंसिर २०७६ १८:५३

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को आइतबार भएको फुटबलको समूह चरणको अन्तिम खेलमा जित निकाल्दै नेपाल फाइनल पुगेको छ। समूह चरणमा अपराजित हुँदै नेपाल फाइलन पुगेको हो। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो। उता भुटान उपविजेता बन्दै फाइनल पुगिसेको छ।

दशरथ रंगशालामा आइतबार नेपालले बांगलादेशलाई १ – ० गोल अन्तरले पराजित गर्यो। नेपालले खेलको पहिलो होफमा १ – ० को अग्रता लिएको थियो। सुनिल बलले खेलको ११ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा त्यसपछि गोल हुन सकेन।

दोस्रो हाफमा बांगलादेशी खेलाडीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन्। नेपाल पनि थुप्रै मौका गोलमा परिणत गर्नबाट चुकेको थियो। बांगलादेशका कप्तान जमालले डबल एल्लो कार्डका कारण इन्जुरी समयको अन्तिमममा रेडक कार्ड पाएका थिए।

पहिलो हाफमा सुनिल बलले गरेको गोल नै नेपाललाई फाइनलसम्म पुर्याउन पर्याप्त भयो। नेपालले आफ्ना ४ खेल मध्ये समूह चरणमा ३ खेलमा जित निकाल्यो भने श्रीलंकासँगको खेल एक एकको बराबरी भएको थियो।

स्वर्ण पदकका लागि नेपाल र भुटानबीच फाइनल खेल हुनेछ। भुटान भने यसअघि नै फाइलन पुगिसेको छ। समूह चरणमा नेपालले भुटानलाई ४ – ० को गोल अन्तरले पराजित गरेको थियो। आइतबार नेपाल र बांगलादेशबीचको खेल हेर्न दशरथ रंगशालामा ३० हजारभन्दा धेरै दर्शक पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *