एअर अरेबिया ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनी बन्न सफल

डिसी नेपाल
२२ मंसिर २०७६ १९:३४

दुबई । मध्यपूर्व र उत्तर अफ्रिकामा सर्वप्रथम निम्न भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष एअर अरेबियाले मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार जित्न सफल भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा केन्द्रीय कार्यालय रहेको कम्पनीले उक्त पुरस्कार पाएको जानकारी आइतबार गराएको छ । कम्पनीका अनुसार ‘एअरलाइन रेटिङ्स डटकम एअरलाइन्स एक्सिलेन्स अवार्ड’ले दिँदै आएको उक्त पुरस्कार जित्न सफल भएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

ठूला उद्योगको अनुभव प्राप्त वरिष्ठ सात उद्योगीले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उनीहरूले एउटै कम्पनीको झण्डामुनि रहेर दिएको दीर्घ सेवा, हवाई यात्रीको समीक्षा, नाफा, लगानी दर, सेवा तथा कर्मचारीसँगको सम्बन्धलगायत विभिन्न १२ क्षेत्रलाई आधार बनाई पुरस्कार छनोट भएको बताइएको छ ।

पुरस्कार छनोटमा एअर अरेवियाले निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको कुरालाई विशेष जोड दिइएको कम्पनीले उल्लेख गरेको छ । एअर अरेबियाका समूह प्रमुख अदेल अलीले पुरस्कार छनोटबारे भने, “निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको हाम्रो कम्पनीले पुरस्कार घोषणापछि अझ उत्कृष्ठ सेवा दिनेछ ।”

एअर अरेबियाले मध्यपूर्व, अफ्रिकाका अधिकांश मुलुकहरूसहित विश्वका ५० देशका १७० स्थानमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । एअर अरेबिया मध्यपूर्वबाट विश्वभर सेवा प्रदान गर्ने सबैभन्दा ठूलो विमान कम्पनीका रूपमा लिने गरिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *