मिस पुर्वाञ्चलका प्रतियोगीहरुलाई शिष्टाचार तालिम
धरान । आगामी पौष ५ गते धरानमा आयोजना हुने सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वान्चलको दशौँ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ।
प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका, बस्ने तरिका र कति मात्रामा खाने संगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धि बिसेष तालिम दिईएको थियो।
दुई दशक देखि नै होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल भएका प्रशिक्षक गगन श्रेष्ठले मिस पुर्वान्चलको सुरुवाती दिन देखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिंदै आएका छन् ।
प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्पर्धीहरु फिनालेको ट्रेनिंगमा ब्यस्त छन् संगसंगै उनीहरुलाई धरान हेल्दी होमका सीइओ सुप्रिया माझीले हेल्थ टिप्स, बिपीकेआइएचएसका ऐनाटोमी डिपार्टमेन्टका डा. सरुन कोइराला र डा. सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारका प्रकारहरुबारे प्रशिक्षण दिएका थिए।
त्यस्तै पत्रकार देबेन्द्र कार्कीले कन्फिडेन्ट लेभल कसरी बढाउने भन्ने बारे जानकारी दिएका थिए।
सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति, ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनकोको सह—प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९का विभिन्न सब टाइटलका लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment