१२ औं बरियताको नेपालले ७६ औं बरियताको माल्दिभ्सलाई फेरि पनि अलआउट गर्न सकेन
काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ कास्य पदकका लागि आज जारी खेलमा माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको हो ।
माल्दिभ्सका लागि मोहम्मद रिसवानले १७, लिम शफिगले १९, अमिल मौरुफले १३, मोहम्मद महफूजले १६ र उमर आदमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३, सुसन भारीले २ र पारस खड्काले १ विकेट लिए । आइसीसीको टि–२० अन्तर्राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेको नेपालविरुद्ध ७६ औं स्थानमा रहेको माल्दिभ्सले लगातार २ खेलमा पूरै २० ओभर खेलेको हो । यसअघि समूह चरणको खेलमा पनि माल्दिभ्सले नेपालविरुद्ध पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन बनाएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment