बलत्कृतलाई जिउँदै जलाएर मारिएको घटनाः ‘यदि आरोपीहरुलाई ७ दिनभित्र सजाय भएन भने…’

डिसी नेपाल
२३ मंसिर २०७६ ११:५२

उन्नाव (बीबीसी)। भारतको उत्तर प्रदेशको उन्नावमा जिउँदै जलाएर मारिएकी बलात्कार पीडित युवतीको अन्तिम संस्कारपछि कुनै छाउनीमा परिणत भएको हिन्दूनगर गाउँमा अब चर्काचर्की केही कम भएको छ । पुलिसहरु अब त्यतिमात्र बाँकी रहेका छन् जो पीडितको परिवारको सुरक्षामा खटिएका छन् । उता बिहार थानाका थानाध्यक्षसहित ७ जना पुलिसकर्मीलाई लापरवाहीको आरोपमा निलम्बन गरिसकिएको छ ।

आइतबार कडा सुरक्षा व्यवस्था तथा पीडित परिवार र प्रशासनबीच चलेको लामो बहसपछि पीडित युवतीको शव नजिकैको एउटा गाउँमा गाडियो । परिवारले आफूहरुलाई सुरक्षा दिइयोस्, पीडित युवतीकी बहिनीलाई जागिर दिइयोस्, आवास दिइयोस् लगायतका माग राखेका थिए ।

प्रशासनले सबै मागहरु पूरा गर्ने घोषणा गर्यो । घटनास्थलमा उपस्थित लखनउका कमिश्नर मुकेश मेश्रामले भने कि उनीहरुलाई ती सबै सुविधा दिइनेछ जो उनीहरुको कमजोर आर्थिक स्थितिको हिसाबले जरुरी छ । परिवारलाई प्रधानमन्त्री आवास योजना अन्तर्गत दुई आवास दिने घोषणा गरियो । एउटा युवतीका दाजुको लागि र अर्को उनका पिताको लागि ।

उच्च अधिकारी र मन्त्रीहरुको आश्वासनपछि परिवार मुख्यमन्त्री योगी आदित्यनाथलाई त्यहाँ बोलाउने जिद्दी छोडेर अन्तिम संस्कारको लागि तयार भए तर यी सबै आश्वासन कार्यान्वयन गर्नको लागि ७ दिनको अल्टिमेटम पनि दिएका छन् । पीडित युवतीकी बहिनीले भनिन् ‘यदि ७ दिन भित्रमा अभियुक्तहरुलाई सजाय भएन र मागहरु पूरा गरिएन भने मुख्यमन्त्री आवासको अगाडि आत्मदाह गर्नेछु ।’

उन्नावको हिन्दूनगर गाउँमा शनिबार अबेर साँझ जब पीडित युवतीको शव पुग्यो, माहोल शोकाकुल भयो । युवतीको शवसँग उनकी बहिनी, दाजु र आमा गएका थिए । पिता र अन्य भाइबहिनी गाउँमै थिए । परिवारका सदस्यको अगाडि सेतो कपडामा बेरिएको शव घरबाहिर राखिएपछि परिवारको मात्र होइन त्यहाँ रहेका सबैको आँखा रसाए । युवतीका वृद्ध मातापिता डाँको छोडेर रोइरहेका थिए ।

‘छोरीलाई न्याय दिलाइदिनुहोस् …’

अन्तिम संकारसँग सम्बन्धित सबै सामग्रीहरुको उपस्थिति र ठूलो संख्यामा पुलिस बलको तैनाथीले देखाउँथ्यो कि प्रशानले रातमै अन्तिम संस्कारको तयारी गरिराखेको थियो तर पीडित परिवार यसको लागि तयार थिएन । यसको जानकारी जब प्रशासनिक अधिकारीहरुले पाए त्यपछि घटनास्थलमा रहेका जिल्ला अधिकारी देवेन्द्र पांडेयले अन्तिम संस्कार कहिले हुने यसको निर्णय परिवारको इच्छामा छाडिएको बताए ।

अर्कोतर्फ युवतीको शव गाउँ पुग्नुभन्दा ठिक पहिले राज्य सरकारका मन्त्री स्वामी प्रसाद मौर्य र उन्नाव जिल्लाका प्रभारी मन्त्री कमला रानी वरुण जिल्लाका अधिकारीहरुको साथमा मुख्यमन्त्री राहत कोषको तर्फबाट पीडित परिवारलाई २५ लाख रुपैयाँको आर्थिक सहायता दिनको लागि पुगे । तर, युवतीका पिताको भनाइ थियो उनलाई पैसा होइन न्याय चाहिएको छ । अधिकारीहरुसँग रुँदै भने ‘पैसाले हाम्री छोरीको जिन्दगीको भर्पाइ गर्दैन । छोरीलाई न्याय दिलाउनुहोस्, दोषीहरुलाई सजाय दिलाउनुहोस् ।’

पीडित परिवारको माटोले बनेको र छप्परले ढाकिएको घरबाहिर अधिकारीहरु, नेताहरु, परिवार र मिडियाका अलावा आसपासका मानिसहरुको समेत भीड लागेको थियो । समाजवादी पार्टी र कांग्रेसका कैयौं स्थानीय नेता र विधायक पनि त्यहाँ जम्मा भएका थिए । स्वामी प्रसाद मौर्य जब २५ लाख रुपैयाँको चेक दिनको लागि ढोकाअगाढि आए, पछाडिबाट समाजवादी पार्टीका विधायक सुनिल साजन समेत उनका पार्टीका कैयौं नेता त्यहाँ पुगे । समाजवादी पार्टीका नेता स्वामी प्रसाद मौर्यसँग मुआब्जाको राशी बढाउनको लागि भन्न लागेपछि स्वामी प्रसाद मौर्यले समाजवादी पार्टीका नेताहरुलाई उनीहरुको पार्टीको सरकार हुँदा यस्ता घटनामा गरिएका कामको याद दिलाउन थाले ।

अन्ततः त्यही चेक पीडित युवतीका पितालाई सुम्पिइयो, उनले चेक घरभित्र पठाए तर समाजवादी पार्टीका नेता नाराबाजी गर्न लागे । यस दौरान मन्त्रीहरु त गए तर समाजपादी पार्टीका नेताहरुको प्रशानिक अधिकारीहरुसँग भिडन्त भयो । अबेरसम्म विवाद चलिरह्यो र यस बीच पुलिसकर्मीले एक कार्यकर्तालाई जबरजस्ती आफूसँग लिएर गए ।

शुक्रबार राती नयाँ दिल्लीको सफदरगंज अस्पतालमा युवतीको मृत्युपछि उन्नावको हिन्दूनगर गउँमा आवतजावत अचानक बढ्यो र उन्नाव समेत राज्यका तमाम भागमा मानिसहरुको आक्रोश उम्लियो । कैयौं ठाउँमा प्रदर्शन भए र दोषीहरुलाई सजाय दिन माग गर्न थालियो । कांग्रेस महासचिव प्रियंका गान्धीले लखनउबाट सिधा उन्नाव पुगेर पीडित परिवारसँग भेट गरिन् । प्रियंका गान्धीले पीडित परिवारसँग भेटघाटपछि राज्य सरकारमाथि आफ्नो रिस पोखिन् ।

प्रियंका जी रोकिइन् तर…

हिन्दूनगर गाउँमा प्रवेश गर्नााथ पीडित परिवारको घरभन्दा केही दूरीमा यो घटनामा अभियुक्त बनाइएका युवाहरुका परिवार पनि उभिएका थिए । जुन कुनै नेता वा भीआइपी त्यहाँबाट जान्थे, यी मानिसहरु आफ्ना परिवारका सदस्यलाई निर्दोष बताउने र सीबीआइ जाँचको माग गर्ने कोसिस गर्थे । प्रियंका गान्धी फर्किने क्रममा जब त्यहाँबाट अगाडि बढिन्, यी मानिसहरुले उनलाई घेरे ।

यो घटनामा एक अभियुक्तकी बहिनी पनि त्यहाँ उभिएकी थिइन् । उनी भन्छिन् ‘प्रियंका गान्धी पहिले हामीसँग कुरा गर्नको लागि गाडीबाट ओर्लिइन् तर त्यतिबेलाम्म कसैले उनलाई बताइदियो कि हामी अभियुक्तका परिवार हौं । यति सुन्नासाथ प्रियंका गान्धी चुपचाप आफ्नो गाडीमा बसिन् र हामीसँग एक शब्द पनि बोलिनन् ।’

अभियुक्तका परिवार पनि बिहानदेखि त्यहीँ उभिएका थिए र आउने जाने व्यक्तित्वमाथि नजर राखिरहेका थिए । जो कोही पनि त्यहाँ हुँदै जान्थे, उसलाई रोकेर आफ्नो व्यथा सुनाउन लाग्थे । मिडियासँग पनि लगातार कुरा गरिरहेका थिए तर उनहिरुको गुनासो पनि थियो कि मिडिया उनीहरुसँग करा त गरिरहेको छ तर त्यसलाई कहीँ देखाइरहेको छेन अर्थात उनीहरुको आवाज दवाइएको छ ।

अभियुक्तका परिवारले श्रममन्त्री स्वामी प्रसाद मौर्यसँग पनि कुरा गर्ने कोसिस गरे तर उनले पनि उनीहरुको कुरा सुनेनन् । पछि मिडियासँगको कुराकानीमा स्वामी मौर्यले भने ‘पीडितले जसको पनि नाम लिएकी छिन् र जो पनि यो घटनामा दोषी छ उनीहरुलाई तत्काल र कडा सजाय दिलाइनेछ ।’

यता पीडित युवतीका पिता आउने जानेहरु र मिडियासँग कुराकानीमा व्यस्त थिए । शनिबार दिउँसो २ बजेतिर बीबीसीसँग पनि उनले कुरा गरेका थिए । यसको एक दिन अगाडि पनि उनले बीबीसीसँग कुरा गरेका थिए र घटनाको लागि पक्राउ परेका अभियुक्तहरुलाइ दोषी ठहर्याएका थिए । शनिबार उनको भनाइ थियो ‘सरकार यदि हामीँग न्याय गर्न चाहन्छ भने दोषीहरुलाई त्यही सजाय दिलाओस् जो हैदराबादमा सामूहिक बलात्कारका दोषीहरुलाई दिइयो । यदि यस्तो गर्न सक्यो भने ठिक छ, होइन भने हामी चाहन्छौं कि हाम्रो घरमाथि बम खसालियोस् र हामी परिवारसहित नष्ट होऔं ।’

अभियुक्तका परिवारको डर

अनि अभियुक्तका परिवारलाई पनि यही डरले ताइरहेको छ कि कहीँ यस्तो नहोस् कि ‘हैदराबाद वाला न्याय प्रणाली’ यहाँ पनि अपनाइयोस् । हिन्दूपुर गाउँको करिब अढाइ हजार आवादीमा यो घटनाबारे शायदै कसैले केही बताओस् । पीडित युवतीको घरबाट अगाडि जाँदा केही पर एउटा पुरानो मन्दिर छ । त्यसको नजिकै केही मानिसहरु जम्मा भएका थिए । उनीहरुमध्ये एक सज्जन भन्न लागे ‘कोही केही पनि यसकारण बोलिरहेको छैन किनकि अनावश्यक झण्झटमा कोही पर्न चाहँदैन ।’

त्यहीँ मन्दिरको अर्कोतर्फ एउटा सानो किराना पसल चलाउने राजेश आफ्नो पसल बन्द गर्नै लागेका थिए । हामीलाई देखेर रोकिए र उनले कुराकानी पनि गरे । भने ‘यो घटनामा को सही छ को छैन हामीलाई थाहा छैन । तर यति पक्का थाहा छ कि हाम्रो गाउँमा आजसम्म यस किसिमको कुनै घटना भएको थिएन । कहिल्यै कुनै यस्तो घटना पनि हुँदैन कि पुलिस आओस् र सत्य बताउँ । हाम्रा गाउँलेले यति धेरै पुलिस शायद पहिलो पटक देखेका होलान् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *