इटहरीको ज्ञानोदय स्कुलका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डिसी नेपाल
२३ मंसिर २०७६ १२:०१

इटहरी । ज्ञानोदय आधारभूत विद्यालय डुमरटोका खनारले आइतबार कक्षाका २ जना विद्यार्थी छनौट गरी १८ छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयको पूर्व शिक्षक रहेका चन्द्रेश्वर रायले आफ्ना स्व. पिता जितु रायको स्मृतिमा १ लाख ५१ हजारको अक्षयकोष रकम विद्यालयको नाममा जम्मा गरेका थिए ।

ब्याजबाट विद्यालयका गरिब, जेहेन्दार, अनुशासित र नियमित छात्रछात्राहरुलाई सहयोग र हौसला स्वरुप मनोबल विकास गर्न यो छात्रवृत्ति अक्षयकोष पुरस्कार वितरण गरेको विद्यालयले जनाएको छ । पुरस्कार वितरण यो नवौं कार्याक्रम रहेको बताए।

वडा नं. १० का सदस्य राम नारायण चौधरी अध्यक्ष रहेको कार्यक्रममा सामूहिक राष्ट्रियगान, १ मिनेट मौनधारणबाट सुरु भएको उक्त कार्यक्रमको उद्घाटन मम बत्ति बालेर प्रमुख अतिथि चन्देश्वर रायले गरेका थिए।

विशेष अतिति वार्डका महिा सदस्य मेनुका कार्की (चौधरी), सदस्य दुलिया ऋषिदेव, जेष्ठ नागरिक सरोकार सामाज खनारका अध्यक्ष मुक्तिनाथ निरौला, शर्वेश्वर शिवर मन्दिरका अध्यक्ष दुर्गा प्रसाद पोखरेल, प्रधानाअध्यापक बद्री नारायण चौधरी, स्थानीय रुप चरण चौधरी, तारा ज्योति चौधरी विद्यालयका बाल क्लब ग्रिन क्लबका अध्यक्ष, शिक्षक अभिभावक रहनु भएको थियो।

स्वागत भाषण प्र.अ. श्रीप्रसाद चौधरीले गरेका थिए भने कार्यक्रम सञ्चालन मीनता भगतले गरेकी थिइन्। मन्तव्यको क्रममा पूर्व प्र.अ. बद्री नारायण चौधरीले आगामी वर्ष २०७७ देखि चालु हुने गरी अक्षयकोषका लागि रकम रु.५१ हजार दिने घोषणा गरे।

त्यस्तै जाडो याममा असहाय विद्यार्थीहरुका लागि कम्तीमा ३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ज्याकेट उपलब्ध गराउन आफ्नो व्यक्तिगत तर्फबाट जेष्ठ नागरिक सरोकार समाज खनारका अध्यक्ष मुक्तिनाथ निरौला, त्यस्तै शर्वेश्वर शिव मन्दिरका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले २ हजार ५ सय नगद उपलब्ध गराउने घोषणा गरेका छन्।

मन्तव्यकै क्रममा प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका चन्द्रेश्वर रायले आफूले पढाएको विद्यालयको माया, ममताको आधारमा जन्मभूमिमा केही गर्न नसकेको भएता पनि कर्मभूमिमा अक्षयकोष जम्मा गरी विद्यालय र विद्यार्थीहरुलाई माया गर्न सकेकोमा आफू गौरवान्वित रहेको बताए।

पूर्व शिक्षक समेत रहेका प्रमुख अतिथि रायले टिपनटापन (कथा संग्रह) पुस्तक समेत प्रकाशन गरेका छन्। उक्त पुस्ककको आम्दानी यसै अक्षयकोषमा जम्मा गरिँदै जाने पुस्तकको आवरण पृष्ठमा प्रतिबद्धता समेत जाहेर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *