पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

डिसी नेपाल
२३ मंसिर २०७६ १२:३२

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेटको क्षतिमा हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिजवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ३२ रन बनाए । यस्तै दिपेन्द्र ऐरी दुई रनमा पेभेलियन फर्किए । विनोद भण्डारी पनि १२ रनमा आउट भए । रोहित पौडेलले नटआउट १५ र पवन सर्राफले नटआउट १० रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *