‘मैले ३–४ जनालाई बचाएँ तर आफ्नै भाइलाई बचाउन सकिन’

नयाँ दिल्ली (बीबीसी)। ‘कहिल्यै सोचेको थिइन कि भाइ मबाट टाढा हुनेछ । हरेक कुरा मसँग सोध्थ्यो कि दाइ यो गर्दैछु, त्यो गर्दैछु । आगो लागेपछि मलाई फोन गर्यो र भन्यो दाइ बचाउनु् । तर मैले उसलाई बचाउन सकिन ।’ दिल्लीको एनएलजेपी अस्पतालमा बसेका एक व्यक्ति बिलौना गर्दै कसैलाई फोनमा यो कुरा बताइरहेका थिए । दुई जनाले उनलाई सम्हालिरहेका थिए । उनका भाइ बबलु पनि त्यही फ्याक्ट्रीमा काम गर्थे जहाँ आइतबार बिहान आगो लाग्यो ।

बबलुका दाजु मोहम्मद हैदरलाई यही कुराले ग्लानी भइरहन्छ कि उनी समय छँदै घटनास्थलमा पुगेका थिए तर आफ्ना भाइलाई बचाउन सकेनन् । हैदर भन्छन् ‘म पुग्न त पुगेको थएँ । यसैबीच कसैले भन्यो कि तिम्रो भाइलाई निकालिसकिएको छ । मेरो तनाव कम भयो । तीन–चार जनालाई बचाएँ पनि तर आइ भित्रै रहेछ । ऊसम्म पुग्न सकिन । जब भेटें मुर्दाघरमा राखिएको थियो ।’ नजिकै बसेका एक अर्का व्यक्तिले फोनमा भारी आवाजमा कैसँग भने ‘बबलु पनि मर्यो, राजु पनि मर्यो, तौकिर पनि मरे ।’

एनएलजेपी अस्पतालमा कैयौं मानिसहरु यस्ता छन् जो घटनाको खबर पाएपनि आफन्तको खोजीमा यहाँ आएका छन् तर धेरै हिम्मत गरेर फोनमा परिवारलाई यहाँको हाल बताइरहेका छन् । सुन्निएका राता आँखा, उत्रिएको अनुहार, सुस्त कदम, सँकसुँकाहट र रोकिइ रोकिइ उठिरहेका पीडामिश्रित आवाज । जब हामी अस्पतालमा पुग्यो यहाँको दृश्य यही थियो । आइतबार दिल्लीको एक अनाज मण्डीमा लगेको आगोबाट मर्नेहरु र घाइतेहरुलाई यहाँ ल्याइएको छ ।

जोसँग काम सिक्न आएँ उनै रहेनन्

२८ वर्षका मोहम्मद अफसाद फ्याक्ट्रीमा ज्याकेट सिलाउने काम गर्थे । उनका भाइ उनीसँग काम सिक्नको लागि दिल्ली आएका थिए । तर अब उनलाई काम सिकाउने कोही बचेन किनकि फ्याक्ट्रीमा आइतबार लागेको आगोमा अफसादको मृत्यु भयो । एनएलजेपी अस्पतालमा उनका भाइ उनलाई भेट्न पुगे । उनी भन्छन् ‘हामीलाई आधार कार्ड र राशन कार्ड ल्याउन भनिएको छ । हामीले घरबाट मगाउनु पर्छ ।’

उनले अगाडि भने ‘तीन दिन अघि उनी मसँग भेट्न आएका थिए । उनी सोमबार घर जाने वाला थिए । सोमबारको टिकट थियो उनको । यसको लागि मसँग केही सामान लिन आएका थिए । म आइतबार उनको लागि केही सामान किन्ने वाला थिएँ । उनको घरमा आमा, पिता, बहिनी पत्नी र २ बच्चा छन् । सबै घर चलाउन उनैमा निर्भर छन् ।’

अस्पताल पुगेका मोहम्मद सद्दामका काकाका छोरासँग यो घटना भएको छ । उनले आफ्नो घरमा फोन गरेपछि उनले घटनाबारे थाहा पाए । सद्दाम स्वयं चाँदनी चोकमा चक्माको काम गर्छन् । उनले भने ‘कारखानामा पुगेर मैले उसको शव देखें । उनीहरुको भर्खरै एउटा बच्चा जन्मिएको थियो । उनले बच्चाको अनुहार सम्म देख्न पाएका थिएनन् । उनी ोमबार घर जाने वाला थिए तर जान पाएनन् । घरमा उनी एक्लै कमाउने वाला थिए । हामीलाई राशन कार्ड ल्याउन भनिएको छ । यहाँ आधार कार्ड थियो जो जल्यो । अब घर गएर हेर्छौं कि राशन कार्डमा उनको नाम छ कि छैन ।’

एक परिवारका दुई छोरा एकसाथ…

मोमिना र रुख्सानाका दुई दाजुभाइ यो दुर्घटनाको शिकार भए । बिहारको सहरसा जिल्लाको नारियारको यो परिवास दिल्लीमा बस्छ । उनीहरुका अनुसार उनीहरुका एक भाइको मृत्यु भएको छ र अर्कासँग अहिलेसम्म कुरा गर्न पाएका छैनन् ।

उनी भन्छिन् ‘दुवै दाजुभाइ ज्याकेट सिलाउने काम गर्थे र मिलेर महिनामा २५–२५ हजार रुपैयाँ कमाउँथे । उनीहरुकै कमाइले घर चल्थ्यो । उनीहरुका पिता कमाउन लायक स्थितिमा छैनन् । परिवारमा उनीहरुका अलावा ४ दिदीबहिनी छन् जो उनीहरुमै निर्भर छन् ।’ दुवैका अनुसार शवलाई बिहार लैजाने उनीहरुको क्षमतामा छैन किनकि उनीहरुसँग पैसा छैन । सहयोग नपाए शव लिएर गाउँ जान पनि नसक्ने उनीहरु बताउँछन् ।

‘मेरो परिवारको ख्याल राखिदिनु’

एनएलजेपी अस्पताल नजिकै रहेका शोभित कुमार नामका एक व्यक्तिले बताएअनुसार उनका मित्र मोहम्मद मुशर्रफ यही फ्याक्ट्रीमा काम गर्थे । शोभितका अनुसार ३२ वर्षका मुसर्रफकी तीन छोरी र एक छोरा छन् । उनी सिलाइको काम गर्थे । बिहानै उनको मित्रसँग कुरा भएको थियो । फोनमा मुसर्रफले भनेका थिए ‘फ्याक्ट्रीमा आगो लागेको छ । म नभए पनि मेरो परिवारको ख्याल राख्नु ।’

शोभितले उनलाई फ्याक्ट्रीबाट हाम्फालेर ज्यान बचाउन भनेका थिए तर उनका मित्रले त्यहाँबाट हाम्फाल्ने कुनै ठाउँ नभएको बताएका थिए । शोभित भन्छन् ‘यदि कुनै बच्ने बाटो भए, कुनै ढोका भए बच्ने कोसिस त गर्थे ।’ मोहम्मद मुसर्रफका फुपाजु खालिद हुसैन आइतबार खबर पाउनासाथ दिल्ली आएका हुन् । उनका अनुसार मुसर्रफ २००७ देखि दिल्लीमा काम गर्थे । उनी यो फ्याक्ट्रीमा कहिलेदेखि काम गर्थे भन्ने उनलाई जानकारी छैन । उनले भने ‘ऊ निकै गरिब परिवारको हो । उसका अलावा परिवारमा अरु कुनै काम गर्ने मान्छे छैन । उसकी सानी छोरी एक वर्षकी छिन् र ठूली छोरी केवल ४ वर्षकी ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो